
काठमाडौं, २३ जेठ । देशभरका २० वटा प्रयोगशालाले कोरोना भाइरस (कोभिड–१९)को परिक्षण धान्न नसकेपछि नीजिलाई पनि आह्वान गरिएको छ ।
सरकारी मातहतका प्रयोगशालाले परीक्षणको चाप धान्न नसकेपछि निजी क्षेत्रलाई पनि परीक्षण गर्न दिने निर्णयसँगै आह्वान गरिएको हो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी क्षेत्रका प्रयोगशालाहरूलाई आफ्नो परीक्षण क्षमतासहितको विवरण पठाउन भनेको छ ।
निजी क्षेत्रलाई उहाँहरूको क्षमता, जनशक्ति र मूल्य निर्धारणको विवरण पेस गर्न भनिएको र मापदण्ड तय गरी परिक्षण अनुमति दिने तयारी भएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ । जनस्वास्थ्य प्रयोगशालामा मात्र दैनिक ३ हजार नमूना आउने गरेको छ जसको क्षमता दैनिक एक हजार मात्र परिक्षण गर्ने छ ।
‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा कारवाही निर्देशिका २०७३’ अनुसार ‘ग्रेड ए’ मा सूचिकृत प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्न सक्नेछन् । नीजिले पनि परिक्षण सुरु गरे दैनिक तीन हजारसम्म परिक्षण हुन सक्नेछ ।















प्रतिक्रिया