६ कार्तिक २०८३, शुक्रबार

अब क्वारेन्टाइनमा बसेका सबैको पिसीआर परिक्षण नगरिने, यस्तो छ सरकारी रणनीति

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । सरकारले तय गरेको नयाँ निर्देशिका अनुसार कोरोना भाइरस (कोभिड–१९)को लक्षण नदेखिएका तर क्वारेन्टाइनमा बसेकाको पिसीआर परिक्षण नगरिने भएको छ ।

परिक्षणको चाप अत्यधिक भएपछि नयाँ निर्देशिका जारी गर्दै सरकारले यस्तो निर्णय गरेको हो । तर प्राथमिकताका आधारमा भने पिसीआरको परिक्षण गरिनेहरूका विषयमा पनि खुलाइएको छ ।

आइसोलेसनमा रहेका, संक्रमणको जोखिमयुक्त ठाउँबाट आएका र संक्रमितसँगको सम्पर्कमा आएकाको परीक्षण पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, दोस्रो प्राथमिकतामा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, जोखिममा काम गर्ने सुरक्षाकर्मी, सरसफाइमा खटिने कर्मचारी, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी जो कोरोनाको शंकास्पद पनि छन् त्यस्ता व्यक्ति राखिएको छ ।

यस्तै धेरै संक्रमण फैलिएको समुदायका व्यक्ति र लक्षण भएका व्यक्तिलाई पिसिआर परीक्षण गरिनेछ । जसलाई तेस्रो प्राथमिकतामा राखिएको हो ।

ज्वरो, स्वासप्रस्वासमा समस्या भएका, छाती दुख्ने, पखला लाग्ने, घाँटी र मांशपेसी दुख्ने र खोकीको लक्षण भएका व्यक्तिहरूको पिसीआर परिक्षण गरिने जनाइएको छ । क्वारेन्टाइनमा बसेकाको पिसीआर परिक्षण नगरे पनि आरडिटी भने गरिनेछ ।