रौतहट, २२ जेठ । रौतहटको राजपुर क्वारेन्टाइनमा स्वास्थ्यकर्मी कुटिएका छन् । स्वास्थकमर्मीमाथि हातपात गर्ने दोषीलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै बिहीबार बिहानदेखि स्वास्थकर्मी आन्दोलनमा उत्रेका छन् ।
नगरमा रहेका सबै क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ उपचौकी तथा प्राथमिक स्वास्थ केन्द्रको सेवा बन्द गरिएको छ ।
नगरक्षेत्रका स्वास्थकर्मीले संयुक्तरूपमा सिडिओ वाशुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको संयोजक रवीन्द्र झाले बताएका छन् ।
पिसीआर रिपोर्ट नेगेटिभ आएका क्वारेन्टाइनमा बसेकाको आरडिटी रिपोर्ट पोजिटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हातपात गरिएको थियो । आक्रमणबाट नगर स्वास्थ सह–संयोजक रामनरेस साहसहित दुईजना स्वास्थकर्मीको टाउको फुटेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस