६ कार्तिक २०८३, शुक्रबार

बिहीबारदेखि बजार ११ बजेसम्म खुल्ने

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । व्यवसायीहरूले बिहीबारबाट बिहान ११ बजेसम्म नियमित रुपमा पसल खोल्ने भएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहान ११ बजेसम्म सबै किसिमका पसल खोल्ने निर्णय गरेको हो ।

महासंघको बुधबार बसेको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका मुख्य व्यापारिक केन्द्रहरू सञ्चालनमा आउने विज्ञप्तिमा उल्लेख छ ।

खुलेका पसलमा सरकारले वल प्रयोग गरी बन्द गराएमा भाडा, बैंकको ब्याज, कर तथा कर्मचारीको तलबभत्तासमेत उपलब्ध नगराउने महासंघले निर्णय गरेको छ ।