धनगढी, २१ जेठ । कैलालीकाे धनगढीस्थित सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ ।
आइसोलेसन वार्ड भरिएपछि थप सङ्क्रमित राख्न समस्या भएको हो । दुवै अस्पतालमा रहेका आइसोलेसन वार्डमा सङ्क्रमित बिरामी भरिएपछि समस्या भएको अस्पतालले जनाएकाे छ ।
मंगलबार कैलालीका १० जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमितलाई राख्न आइसोलेसन वार्डमा शय्या अभाव भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
सेती अस्पतालसँग २४ शय्या र टीकापुर अस्पतालमा १२ शय्याको आइसोलेसन वार्ड छ । सेतीमा बिरामीको संख्या २५ पुगिसकेको छ । अझै गौरीगङ्गाका ५ सङ्क्रमितलाई पनि सेती अस्पताल लैजाने तयारी भएको छ ।











प्रतिक्रिया