७ मंसिर २०८३, सोमबार

मोबाइलमा ‘हाइ अलर्ट’ मेसेज आए नआत्तिन गृह मन्त्रालयको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । गृहमन्त्रालयले मोबाइलमा हाई अलर्ट मेसेज आउन सक्ने भन्दै नआत्तिन आग्रह गरेको छ ।

मन्त्रालयले विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना पुर्‍याउने उद्देश्यले सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ को प्रारम्भिक प्राविधिक परीक्षण गर्न लागेको र त्यस क्रममा मेसेज आए नआत्तिन आग्रह गरेको हो ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा सोमबार बेलुकी ५:३० बजेबाट काठमाडौंका केही क्षेत्रमा उक्त प्रणालीको परीक्षण भइरहेको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार २ जी मोबाइल सञ्जालमार्फत गरिने यस परीक्षणका क्रममा तोकिएको क्षेत्रभित्र रहेका केही मोबाइल फोनहरूमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश प्राप्त हुन सक्नेछ। प्राप्त हुने सन्देशमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ भनी स्पष्ट रूपमा उल्लेख गरिएको हुनेछ। परीक्षणको अवधिमा एउटै सन्देश एकभन्दा बढी पटकसमेत प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।