६ कार्तिक २०८३, शुक्रबार

घटनाको स्थलगत अवलोकन गर्न मानव अधिकार आयोग रुकुम प्रस्थान

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तरजातिय प्रेम र विवाहको विवादका कारण मारिएका ५ जनाबारे र घटनाको अनुसन्धान र अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली आइतबार रुकुम प्रस्थान गरेको छ ।

उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली घटनास्थल प्रस्थान गरेको हो । टोलीले घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ ।

१० जेठमा जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ जाँदा भएको झडपमा केही घाइते र भेरीमा हाम फाल्दा ५ जनाको ज्यान गएको थियो ।