६ कार्तिक २०८३, शुक्रबार

भारतीय मिडियाको समाचार प्रोपोगाण्डा मात्र : नेपाली सेना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेपाली सेनाले दुई भारतीय मिडियामा आएको समाचार प्रोपोगाण्डा मात्रै भएको जनाएको छ ।

हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए पनि नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको भनी आएको समाचारमा तथ्यता नरहेको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरी जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ ।’

नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको सेनाको विज्ञप्तिमा उल्लेख छ ।