६ कार्तिक २०८३, शुक्रबार

रुकुम पश्चिम काण्ड : प्रहरी आक्रामक, १८ जना हिरासतमा लियो

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । ‘अन्तरजातिय बिहे’को संज्ञामा सदनमा समेत चर्को बहसको विषय बनेको रुकुम पश्चिम चौरहजारी प्रकरणको अनुसन्धानमा प्रहरी आक्रामक देखिएको छ ।

चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा भएको घटनामा संलग्नताको अभियोगमा वडाध्यक्षसहित १८ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

वडाध्यक्षसहित २० जना विरुद्ध किटानी जाहेरी परेको थियो । सोबार १२ जना पक्राउ गरिएको थियो भने बुधबार ६ जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको बताइएको छ ।

फरार दुई जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताए ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकाका वडा नं.  २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन १९ जनाको समूह लिएर पुगेपछि यो प्रकरण भएको थियो । गाउँलेले लखेटेपछि ज्यान जोगाउनका लागि भेरीमा हाम फालेका विकसहित चार जनाको शव फेला परिसकेको छ ।

जाजरकोटको भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको थियो । भेरी नगरपालिका–४ का नवराज विक, रुकुम पश्चिमका चौरजहारी नगरपालिका–१ टीकाराम नेपालीको आइतवार विहान र भेरी ४ का गणेश बुढामगरको सोमबार शव फेला परेको थियो ।

वेपत्ता रहेका  भेरी नगरपालिकाका वडा नं. ४ का १७ बर्षीय गोविन्द शाही र ४ नम्वर वडाकै १८ वर्षीय सञ्जु विकको खोजी भइरहेको छ ।