व्यास, १४ जेठ । अधिकारका लागि पहुँच नेपाल र व्यास नगरपालिका वडा नम्बर १४ वडा कार्यलयको संयुक्त सहयोगमा व्यास १४ को कुलुङ्गमा सामूहिक तरकारी खेती गरिएको छ ।
स्थानीय २० घरधुरी मिलेर सामूहिक रुपमा गोलभेडा खेती शुरु गरेका हुन् । वडालाई आत्मनिर्भर बनाउने र त्यसका लागि वडावासीलाई कृषि र पर्यटनमा लागेर आर्थिक रुपमा पनि समृद्ध बनाउने अभिप्राय स्वरुप किचन गार्डेनको ३ दिने तालिम दिएर कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन थालिएको व्यास –१४, का वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।
अधिकारका लागि पहुँच नेपाल र व्यास नगरपालिका वडा नम्बर १४ वडा कार्यलयमा करीव १०० जना कृषकलाई तालिम दिएर तरकारी खेतीका लागि आवश्यक पर्ने थोपा सिचाइँ, बीउबिजन, पलाष्टिक टनेल, कालो पलाष्टिक वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कुलुङ्गमा मात्र करीव ३ रोपनी क्षेत्रफलमा गरिएको तरकारी खेतीले वडालाई नै गोलभेडामा आत्मनिर्भर बन्न सकिने कृषक अन्त नारायण परियारले बताए ।
वडा नम्बर १४, होमस्टे र पर्यटकीय दृष्टिकोणबाट समेत उपयुक्त रहेकोले सोही अनुरुप वडा र पर्यटीय गन्तव्यका लागि पाहुनालाई स्थानिय उत्पादन नै खुवाउनका लागि आवश्यक पर्ने तरकारी उत्पादन गर्न लागेको स्थानीय अगुवा दुर्गाबहादुर आलेले बताए ।
















प्रतिक्रिया