२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका सुपर एटमा, यूएई वाहिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AB-de-Villiersकाठमाडौं, २८ फागुन । विश्वकप क्रिकेट अन्तर्गतको आजको खेलमा यूएईलाई १४६ रनले हराउँदै दक्षिण अफ्रिका प्रतियोगिताको सुपर एटमा प्रवेश गरेको छ ।

दक्षिण अफ्रिकासंग पराजित भएको एशोसिएट राष्ट्र यूएई विश्कप क्रिकेट प्रतियोगिताबाट वाहिरिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ४१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ९९ रन बनाए । उनी शतक बनाउन १ मा चुके ।

फरहान बहाडीयनले ३१ बलमा ६४ रन बनाए । डेभिड मिलरले ४९ रन बनाए । जेन पल डेमिनी २३ रनमा आउट भए ।

ओपनर हसिम अमला १२ रन बनाए । यूएईका मोहम्मद नाभिदले दक्षिण अफ्रिकाका ३ विकेट लिए ।

३४२ रनको लक्ष्य पछ्याएको यूएई ४७.३ ओभरमा १९५ रनमा बनाएर अल आउट भयो ।

युएईका लागि स्वप्निल पटेलले सर्वाधिक ५७ रन बनाए । यस्तै साइमन अनवारले ३९ रनको योगदान दिए ।