७ मंसिर २०८३, सोमबार

डिल्लीबजार कारागारभित्र झडप

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । काठमाडाैंकाे डिल्लीबजार कारागारमा झडप भएको छ । आइतबार बिहान गोकुल गिरी र अन्य कैदीबीच झडप हुँदा समीर भन्ने शमशेर तामाङ घाइते भएका छन् ।

गिरी वरिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण अभियोगमा अदालतबाट दोषी ठहर भई कारागार चलान भएका थिए ।

२०६५ साउन १८ गते गिरीको समूहले मेघालाई अपहरण गरेका थिए । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले गिरीलाई चौकीदारबाट हटाउन माग गर्दै कैदीबन्दीहरू आन्दोलित भएकाे बताए ।

साेही क्रममा झगडा भएको उनले बताए । गिरीमाथि आर्थिक अनियमितता आरोप लगाउँदै बन्दीहरू आन्दोलित भएका थिए । घटनाबारे अनुसन्न्धान भइरहेको डीआईजी पोखरेलले बताएका छन् ।