१२ कार्तिक २०८३, बिहिबार

अशोक राई भन्छन्-‘सत्तामा पुगेर कांग्रेस-एमालेले जनतालाई धोका दिए’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ashoka-raiदमक, २८ फागुन । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले सङ्घीयताका लागि भनेर मत मागेका काँग्रेस र एमालेले सत्तामा पुगेर अहिले जनतालाई धोका दिएको आरोप लगाउनुभएको छ ।

पहिचान यात्रा नाम लिएर पूर्वको काँकडभिट्टाबाट बुधबारदेखि सुरु गरिएको अभियानका बारे आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले दमकमा आज बिहान गरेको पत्रकार सम्मेलनमा उहाँले पहिचानसहितको सङ्घीयता नबनेसम्म यहाँका आदिवासी जनजाति तथा उत्पीडित समुदायले मुक्ति पाउन नसक्ने ठोकुवा गर्नुभयो ।

आन्दोलन परिचालन समितिका संयोजक तथा नेवादय दबुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले सीमान्तकृत, अतिसीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातिको एक जाति एक प्रतिनिधित्व सुनिश्चितताका लागि एक हुन सन्देश दिँदै यात्रा अगाडि बढाइएको बताउनुभयो ।

सङ्घीय लिम्बुवान राष्ट्रिय पार्टीका केन्द्रीय उपाध्यक्ष खगेन्द्र माखिमले पहिचान पक्ष र विपक्षको द्वन्द्वबाट संविधान आउन नसकेको बताउनुभयो ।