काठमाडौं । स्पेनको राजधानी म्याड्रिडको दक्षिणमा तीव्र गतिको रेल अर्को रेलसँग आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दर्जनौँ मानिस घाइते भएका छन् ।
मृतकहरूको यो पछिल्लो संख्यासँगै सन् २०१३ यता स्पेनमा भएको यो सबैभन्दा भयानक रेल दुर्घटना बनेको छ ।
यसअघि सन् २०१३ मा उत्तर–पश्चिमी स्पेनमा रेल लिकबाट बाहिरिँदा ८० जनाको ज्यान गएको थियो ।
बुधबार बिहान म्याड्रिडबाट सेभियातर्फ गइरहेको एउटा रेल लिकमै रोकिएर बसेको अर्को रेलसँग ठोक्किँदा यो भयानक दुर्घटना भएको हो । ठक्कर यति शक्तिशाली थियो कि रेलका कैयौँ डब्बाहरू लिकबाट तल भीरमा खसेको थियो ।
क्षेत्रीय सरकारका प्रवक्ताका अनुसार बुधबार भएको दुर्घटनामा संलग्न रेलहरूमा ५०० भन्दा बढी यात्रुहरू सवार थिए ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस गम्भीर रेल दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै यातायातमन्त्रीसँग निरन्तर सम्पर्कमा रहेको जनाएका छन् ।
रेल सञ्चालक संस्था आदिफका अनुसार यो दुर्घटना रेन्फे कम्पनीको रेल र इरियो कम्पनीको अर्को रेलबीच भएको हो ।
इरियो कम्पनीले म्याड्रिडदेखि सेभियासम्मको रुटमा सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया