२ कार्तिक २०८३, सोमबार

भारतमा सोमबारदेखि आन्तरिक उडान सुरु हुने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ जेठ । भारतमा लकडाउनकाबीच आगामी सोमबारबाट आन्तरिक उडानहरु सञ्चालन हुने भएका छन् ।

आगामी सोमबारबाट घरेलु विमान सेवाहरु क्रमबद्ध रुपले सुरू हुने केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सो कुराको बताएका हुन् ।

बीबीसीका अनुसार आन्तरिक उडानका बारेमा मिनिस्ट्री अफ सिविल एभिएसन (नागर विमान मन्त्रालय) ले छुट्टै निर्देशन जारी गरिरहेको जनाएको छ ।