३ कार्तिक २०८३, मंगलबार

नेपालमा थपिए १५ जना कोरोना संक्रमित, संख्या ४ सय २७ पुगे

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । नेपालमा थप २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितहरु ३ देखि ४८ वर्षसम्मका रहेका छन् । जसमा ७ जना महिला र १८ जना पुरुष रहेका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

बाँकेमा ६ जना १७ देखि ४० वर्षसम्मका नैरनापुर र खजुराका रहेका छन् । त्यस्तै, धनकुटामा ५ जना संक्रमित भेटिएको छ । त्यस्तै, कपिलवस्तुमा थप १३ संक्रमित बढेका छन् । विजयपुर र महाराजगञ्जका रहेका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमतिको संख्या ४ सय २७ जना पुगेको छ । निको हुनेको संख्यो ४५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।