६ कार्तिक २०८३, शुक्रबार

कोरोना भाइरस : कालिमाटीका सबै प्रहरी क्वारेन्टाइनमा, संक्रमित बलम्बुस्थित सशस्त्र अस्पतालमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । महानगरीय प्रहरी वृत्त कालीमाटी, महिला सेल र ट्राफिक प्रहरी कार्यालयका गरी डेढ सयलाई क्वारेन्टाइनमा राखिएको छ ।

वृत्तका दुई जना प्रहरी कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखेर पिसीआर गरिन लागिएको हो । संक्रमित भएका एक जना सई र प्रहरी जवानलाई भने सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालको आइसोलेशनमा राखिएको छ ।

यता, कालिमाटी प्रहरी कार्यालय नै शिल गरिएको छ । उक्त कार्यालयको कामका निम्ति महानगरीय प्रहरी कार्यालय, काठमाडौं प्रहरी परिसरबाट एक सय जना खटाइएको बताइएको छ ।