३ कार्तिक २०८३, मंगलबार

प्रिमियर लिग खेल्ने क्लबका ६ खेलाडीमा कोरोना संक्रमण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ जेठ । प्रिमियर लिग खेल्ने क्लबका ६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । आइतबार र सोमबार गरिएको तीन वटा क्लबको ७ सय ४८ जनाको परीक्षणमा ६ जनामा सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ ।

जुन महिनाबाट प्रिमियर लिग सञ्चालन गर्ने योजनामा रहेको आयोजक संस्थालाई यो घटनाले थप धक्का पुगेको छ । सङ्क्रमण देखिएका खेलाडी वा स्टाफको नाम भने गोप्य राखिएको छ । सङ्क्रमण देखिएकालाई सात दिनको आइसोलेसनमा राखिएको छ ।

प्रिमियर लिगका क्लबहरुले मंगलबारबाट समूहमा प्रशिक्षण सुरु गरिसकेका छन् । कोरोनाका कारण मार्च १३ तारिखबाट लिग स्थगित रहेको छ । जसका कारण प्रिमियर लिगमा ९२ खेल खेल्न बाँकी रहेका छन् ।

प्रोजेक्ट रिस्टार्टको योजना अनुसार प्रिमियर लिग सञ्चालन गर्ने योजनामा रहेको एफएले यो सङ्क्रमणपछि के निर्णय गर्नेछ भन्ने सबैको चासो रहेको छ ।