३ कार्तिक २०८३, मंगलबार

इंग्लिस प्रिमियर लिगका क्लबहरूद्वारा खेलाडीहरूको प्रशिक्षण शुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ जेठ । इंग्लिस प्रिमियर लिगका क्लबहरु सानो समूहमा खेलाडीहरुको प्रशिक्षण सुरु गर्नेमा सहमत भएका छन् । तर समूहमा रहने खेलाडीबिच सम्पर्क भने हुन पाउने छैन ।

सम्पर्क बिनै सामाजिक दूरी कायम गरी पाँच खेलाडीसम्मको समूह बनाएर प्रशिक्षण सुरु गर्ने पक्षमा क्लबहरु देखिएका हुन् । मंगलबारदेखि क्लबहरुले सानो समूहमा प्रशिक्षण थाल्ने छन् । अहिलेसम्म खेलाडीले व्यक्तिगत रुपमा प्रशिक्षण गर्दै आएका छन् ।

कोरोना भाइरसको महामारीका कारण मार्च १३ देखि रोकिएको प्रिमियर लिगका गो सिजनका खेलहरु पूरा गर्ने अभियान अन्तर्गत क्लबहरुबिच निरीक्षण, जिपिएस ट्रयाकिङ्ग, भिडियो एनालिसिससहितका विधिको प्रयोग गरेर क्बलहरुले स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालन गरे–नगरेको अनुगनम हुने छ ।

सोमबार २० क्लबबिच भएको बैठकमा यस्तो सहमति बनेको हो । आउँदो जुन १२ देखि खेल सुरु गर्ने तयारी थियो । तर सो भन्दा पछि सर्ने सम्भावना रहेको छ । लिगका ९२ खेल हुन बाँकी छ ।