काठमाडौं, ५ जेठ । कोरोना भइरस (कोभिड ( १९) को महामारीमा आक्रान्त बनेको बेला नेपालमा पनि यसको रोकथामका लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको छ ।
यस्तो समयमा विभिन्न ठूला साना लगाएत प्राय सबै कम्पनीका कर्मचारीहरूले घरमै बसेर आफ्नो कामहरू गरिरहेका छन् ।
कम्पनी र कार्यालयलाई मात्र इन्टरनेट सेवा जरुरत नभई आमजनताका जीवन मा पनि इन्टरनेटको सेवा अत्याबस्यक भएको छ ।
यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि क्लासिक टेक प्रालिले हाल कार्यरत कर्मचारीहरूको कोरोना बीमा गरिदिएको छ ।
यस्तो परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सेफ्टी किट्स प्रयोग गर्दै खटिरहेकोे क्लासिक टेक प्रा. लि. का आधिकारिकले जनाएका छन् ।