काठमाडाैं, ३ जेठ । काेराेना भाइरसकाे संक्रमण बढेपछि काठमाडाैंको चन्द्रागिरी नगरपालिका ७ गतेसम्म सिल गरिएको छ ।
शनिबार दिउँसो १२ बजेदेखि ७ गते बिहान ६ बजेसम्म घर बाहिर हिँडडुल गर्न रोकिएको नगर प्रमुख घनश्याम गिरीले बताए । बिरामी हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गर्ने, स्यानेटाइजर, माक्स र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको उनले बताए ।
नगरपालिकाभित्रका औषधि पसलबाहेक अन्य पसल र विकास निर्माणका काम गर्न रोक लगाउने निर्णय भएको छ । काठमाडाैंको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले ६ जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि कडाइ गरेको हो ।
सरकारले नागढुङगा नाकामा गरेको कडाइ निरन्तर रहेको र नगरपालिकाभित्र पनि सतर्कता अपनाएको नगरप्रमुख गिरीले बताएका छन् ।















प्रतिक्रिया