२ कार्तिक २०८३, सोमबार

काेराेना भाइरसकाे संक्रमणमा भारतले चीनलाई उछिन्याे

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ३ जेठ । कोरोना भाइसको उद्गमस्थलमा मानिएको चीनमा सङ्क्रमण विस्तारै कम हुँदै गएको छ तर छिमेकी देश भारतमा सङ्क्रमण दिनहुँ बढ्दै छ ।

पछिल्लो तथ्याङ्क हेर्दा चीनमा भन्दा भारतमा सङ्क्रमितको संख्या धेरै छ । भारतमा शनिबार एकै दिन ३ हजारभन्दा धेरै जनालाई सङ्क्रमण भएको पाइएको छ ।

भारतमा अहिलेसम्म ८५ हजार ७ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ ३० हजार २ सय ३४ जना उपचार पछि निको भएका छन् । २७ सय जना भन्दा धेरैको ज्यान गएको छ ।

चीनमा भारतको भन्दा सङ्क्रमण दर कम छ । अहिलेसम्म चीनमा ८२ हजार ९ सय ३३ जना सङ्क्रमित छन् । चीनमा ७८ हजार भन्दा धेरै सङ्क्रमित उपचार पछि निको भएका छन् भने ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।