१२ कार्तिक २०८३, बिहिबार

मध्यराति कामाडाैंमा भूकम्पको धक्का

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । बुधबार बिहान काठमाडाैंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार मध्यराति ११ बजेर ५४ मिटनमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दोलखाको जुगु केन्द्रविन्दु रहेको ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएका छन् ।

भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, धनकुटा, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, ओखलढुंगालगायतका क्षेत्रका नागरिकले पनि महसुस गरेका छन् ।