हुम्ला, २८ वैशाख । हुम्ला जिल्लामा कोरोना भाइरस संक्रमण जाँच गर्न कर्णाली प्रदेश सरकारले पठाएका किट मन्त्रालयले फिर्ता मागेकाे छ ।
सामाजिक विकास मन्त्रालयले ८० थान र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट फिर्ता लिएको हो ।
हुम्लाका लागि प्रदेश सरकारले चार सय किट जनस्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । कार्यालयले परीक्षणका लागि सात गाउँपालिकामा तीन सय २० थान किट पठाएको थियो भने अत्यावश्यकीय प्रयोजनका लागि ८० थान किट मौज्दात राखेको थियो ।
मन्त्रालयले फिर्ता मागेपछि सदरमुकाममा मौज्दात राखिएको किट सुर्खेत पठाइएको स्वास्थ्य सेवा प्रमुख प्रेमबहादुर सिंहले बताए ।
उनका अनुसार जहाजबाट उद्धार गरिएका नागरिकको र्यापिड टेस्ट गर्न मन्त्रालयले किट फिर्ता मागेको हो । किट नभएपछि एक सातायता परीक्षणको काम नभएको उनको भनाइ छ ।














प्रतिक्रिया