२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री कप भलिबल : न्यू डायमण्ड र एपीएफ फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

volleyball

– विश्वराज पछल्डङग्या
नेपालगञ्ज, २७ फागुन । नेपालगन्जमा जारी दोस्रो प्रधानमन्त्री कप इण्डो-नेपाल महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा न्यू डायमण्ड क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने भएका छन् ।

एपिएफ क्लवले पश्चिमाञ्चललाई र डायमन््ण्ड क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् । चर्चित स्पाइकर रमिला तण्डुकारको अनुपस्थितिमै प्रधानमन्त्री कपका लागि नेपालगन्ज आएको न्यू डायमण्डले नेपाल पुलिसलाई ३-० को सोझो सेटमा हराएको हो ।

उसले बुधवार अबिस्मरणीय खेल प्रदर्शन गरेको डायमण्डले बुधवारको खेलमा पहिलो सेट २५-२०, दोस्रो पनि २५-२० र तेस्रो २५-११ ले पुलिसलाई जितेको हो ।

volleyball1दास्रो खेलमा एपिएफले पश्चिमाञ्चल पोखरालाई पहिलो र दोस्रो सेटमा क्रमश २५-२२ र २५-१५ हराउन सफल भयो । तेस्रो सेटमा आएर खेलमा फर्किएको पश्चिमाञ्चलले ३४-३२ ले पुलिसलाई चुनौति दिएपनि अन्तिम तथा निर्णायक सेट २५-८ ले पराजित भएको छ ।

न्यू डायमण्डले ३ खेल खेलेर ९ अंक जोडेको छ भने एपिएफको ३ खेलबाट ८ अंक छ । दुबै टोलीले बिहीवार नेपालगन्ज फाइनल खेल्नेछन् ।

पुलिस ४ खेलमा ७ अंकका साथ तेस्रो स्थानमा छ । ३-३ खेल खेलेका पश्चिमाञ्चल र उत्तरप्रदेश भारतले कुनै खेल जित्न सकेका छैनन् । उनीहरुको बीचमा बिहीवार बिहानै चौथो स्थानका लागि खेल हुने तालिका रहेको नेपाल भलिबल संघका जिल्ला उपाध्यक्ष तथा प्रबक्ता गोबिन्द पौडेलले जानकारी दिए ।

गत २४ गतेदेखि सुरु प्रतियोगितामा नेपाल प्रहरी, एपिएफ, न्यू डायमण्ड, पश्चिमाञ्चल पोखरा र यूपी भारत गरी ५ टोलीको सहभागिता छ ।

प्रतियोगिताको बिजेताले ५५ हजार र उपबिजेतालाई ३५ हजार पुरस्कार दिइनेछ । तेस्रो हुनेलाई २५ हजार दिइनेछ । गतबर्षदेखि प्रधानमन्त्रीको गृह जिल्लामा इण्डो-नेपाल आमन्त्रण महिला भलिबल प्रतियोगिता हुन थालेको छ ।