६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीले पूर्वमाओवादीहरूलाई द्वन्द्वकालीन मुद्वामा फसाउन षड्यन्त्र गर्नुभयाेः हरिबाेल गजुरेल

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । सत्तरुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी एकतापछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादीलाई द्वन्द्वकालीन मुद्वा उठाएर फसाउन खोजीरहेको आरोप लगाएका छन् ।

नेपाली रेडियाे नेटवर्उकमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीका बैठक र छलफलहरूलाई इन्कार गर्दै पूर्वमाओवादीका नेताहरूलाई द्वन्द्वकालीन मुद्वामा फसाउने खेल प्रधानमन्त्री लगाेकाे दावी गरे । उनले प्रधानमन्त्रीका गतिविधिहरू उपयुक्त नरहेकाे बताए ।

नेकपाका नेता गजुरेलले पार्टी एकीकरणको काम पूरा नहुँदै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी अनुशासन समेत भताभुङ्ग बनाएको आरोप लगाए

अरुले पार्टीका बैठक नियमित हुनुपर्छ र पार्टी तथा सरकारका कमिकम्जोरीका विषयमा छलफल गर्दा अनुशासनहीन काम गरेको भन्ने प्रधानमन्त्रीले आफैले आफ्नो पक्षका सांसदलाई बालुवाटारमै बोलाएर हस्ताक्षर गर्न लगाउनु अनुशानहीन काम भएको गजुरेलले बताए ।

‘अहिले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि नयाँ नयाँ एजेण्डा तय गरी स्थायी समितिमा छलफल गर्नुपर्नेमा प्रधानमन्त्रीले छल्दै हिड्नुभएको छ’, उनले भने, ‘पार्टीका कसैलाई पनि नसोधी अध्यादेश ल्याउनु पनि पार्टीको अनुशासन उल्लंघन नै हो । अरुको अनुशासन खोज्नेले आफ्लाई पनि हेर्नुपर्छ ।’

‘अनुशासन त उहाँले राख्नु भएको छैन । पूर्वमाओवादी द्वन्द्वकालीन मुद्धाहरूमा फसाउने कुरा समेत आएको हामीले सुनेका छौँ’, उनले भने, ‘यो समयमा आएर हामीलाई अप्ठयारोमा पार्ने खेल खेल्ने ? यस्तै भयो भने हामी प्रधानमन्त्रीको राजीनामा माग्छौँ ।’

नेता गजुरेलले स्थायी समितिको बैठक नराखी सचिवालयका नेताहरूले सुख नपाउने चेतावनी दिएका छन् । उनले स्थायी समितिमा छलफल नभई संसद चल्न गाह्रो हुने बताए ।

अहिले उठेको विषयहरूमा छलफल नगरी संसदमा जाने हो भने सरकार अप्ठ्यारोमा पर्ने र संसदमा भद्रगोल हुने उनले बताए ।

स्थायी समितिका एकतिहाई सदस्यले बैठक मागेको अवस्थामा बैठकबाट भाग्न प्रधानमन्त्रीले नमिल्ने भन्दै बैठक माग गर्नेले राजीनामा नमागेको गजुरेलले बताए ।

पार्टीमा एकरुपता र विश्वासको बातावरण बनाउनका लागि पनि सहमति चाहिएको भन्दै उनले कोरोनाविरुद्ध लड्न पार्टीमा सहमति नगरी अगाडि बढ्दा सरकार असफल हुने बताए ।

गजुरेलले पार्टीमा आफ्नो आलोचना भयो भन्दैमा ओली भाग्न नमिल्ने भन्दै सचिवालय बैठकमा अध्यादेश किन र कोरोनाविरुद्धको काम कसरी प्रभावकारी बनाउने विषयमा मात्रै प्रधानमन्त्रीको जवाफ मागेको बताए ।

उनले एक पद र एक व्यत्तिको कुरा अहिले नउठेको र यो पहिले देखिनै उठेकाले विधानमा समेत व्यवस्था रहेको बताउँदै पार्टीले सरकारलाई सहयोग गर्नुपर्ने र पार्टीको निर्देशन अनुसार सरकारले काम गर्नुपर्ने बताए ।

उनले जहिले जसरी सहमति हुन्छ त्यसैगरी जान प्रधानमन्त्री तयार भए स्थायी समितिमा समस्या नआउने भन्दै नेता पार्टीको बैठकबाट नभागी आफ्ना कमिकम्जोरी स्वीकार्नुपर्ने बताए ।

‘अहिले शीर्ष नेतादेखि धेरै नेताको बोलीको टुंग्गो हुन छाडेको छ । यसले पार्टीमा अराजकता बढ्दै गएको छ’, उनले भने, ‘यसरी पार्टी अगाडि बढ्दैन । गुटका बैठक बढाउनु भएन । प्रधानमन्त्रीले पनि बालुवाटारमा मान्छे बोलाएर हस्ताक्षर गराउनुभएन ।’

उनले भने, ‘अहिलेको अवस्था भनेको कसरी अगाडि जाने भन्ने एजेण्डा तय गर्ने हो । यसका लागि स्थायी समितिमा छलफल गर्नुपर्छ ।’