६ कार्तिक २०८३, शुक्रबार

नेकपा शक्ति सन्तुलनको नयाँ खाका– सरकार होइन, अध्यक्ष छाड्न चहान्छन् ओली !

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । सचिवालय बैठक सुरु हुनु अघि नेपाल कम्युनिस्ट पार्टीको शक्ति सन्तुलनको नयाँ खाकाबारे अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच परामर्श भएको विवरण सार्वजनिक भएको छ ।

उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई अध्यक्ष दिने अघिल्लो सचिवालयमा ओलीको प्रस्ताव थियो । तर प्रचण्डसँगको भेटमा उनले नेकपामा एउटा मात्रै अध्यक्ष राख्ने नीति कायम गरी सरकार आफूलाई चलाउन दिन प्रस्ताव गरेको विवरण सार्वजनिक भएको हो ।

‘सचिवालय शनिबार अपरान्ह बस्ने कुरा छ । यसबीचमा विवाद समाधानका निम्ति र नेकपा विभाजनबाट जोगाउनका लागि अनेक प्रकारका सहमतिका खाका हुन्छन्, यो पनि एक प्रकारको समाधानको विषयचाहिँ हो’, उच्च स्रोतले भन्यो ।

नेकपामा विवाद चुलिएपछि यसमा छिमेकी मुलुकको पनि प्रत्यक्ष र परोक्ष चासो देखिएको छ । भारतले आफ्नै हिसाबले नेकपाभित्रको शक्ति संघर्षका विषयमा परोक्ष सल्लाह र समझदारीका निम्ति नेताहरूसँग कुराकानी गरेको छ भने चीनले प्रत्यक्ष रूपमा नै चासो राखेको छ ।

खासगरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रचण्ड र नेता नेपाललाई भेट गरी विवाद समाधानका लागि सुझाव दिएकी थिइन् । उनले घर घर पुगेरै नेकपाभित्र देखिएको विवाद समाधानको विषयमा सुझाव दिएको बताइएको छ ।

अहिले देखिएको नयाँ खाकाबारे सचिवालयमा कुरा उठाउने कि स्थायी समितिमा प्रस्ताव गर्ने भन्ने विषयबारे परामर्श जारी छन् । प्रचण्डलगायतका नेता स्थायी समितिको बैठक हुनुपर्ने मतमा छन् भने ओली सचिवालयबाटै यो नयाँ खाकाअनुसार चल्नुपर्छ भन्ने मनस्थितिमा छन् ।