६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीको कविता आफ्नो भनी झूठा दाबी गर्नेलाई कारबाही हुन सक्छ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । मे दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको कविता आफ्नो भनी झूठा दाबी गर्ने आरपी गौतमलाई कारबाही हुन सक्ने कानुनी आधार रहेको बताइएको छ ।

‘अब आँसु खसाउनुपर्दैन’ शीर्षकमा प्रधानमन्त्रीको प्रकाशित कविता आफूले एक बर्षअघि रचना गरेको दाबी गर्दै गौतमले फेसबुकमा स्ट्याटस हालेका थिए । एक बर्षअघि सन् २०१९ नोभेम्बर ९ को स्टाटस शुक्रबार इडिट गरी प्रधानमन्त्रीको कविता पोष्ट गर्दै आफ्नो भनी गौतमले दाबी गरेका थिए ।

उनको यो दाबीसँगै पूर्वसचिव भीम उपाध्यायले प्रधानमन्त्रीमाथि कारबाहीको माग गरेका थिए । प्रधानमन्त्रीको कविता आफ्नो भनी झूठा दाबीको रहस्य खुलेपछि गौतमले उक्त पोष्ट डिलिट गरेका थिए ।

प्रहरीका अनुसार बौद्धिक चोरी गरी भ्रम छर्नेलाई साइबर कानुनमा कारबाही हुन सक्छ । प्रहरीको साइबर व्युरोले यस्ता भ्रम छर्नेमाथि अनुसन्धान गर्ने बुझिएको छ ।