६ कार्तिक २०८३, शुक्रबार

फुङलिङमा आगलागी हुँदा सात घर जलेर नष्ट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, २० वैशाख । ताप्लेजुङको फुङलिङ बजारमा आगलागी हुँदा सात वटा घरमा रहेका ११–१२ वटा पसलहरू जलेर नष्ट भएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले शुक्रबार राति १० बजे आगलागी भएको जानकारी दिए ।

उनले चिया बिक्री गर्ने होटलबाट आगलागी भएको हुन सक्न अनुमान गरेका छन् । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीबाट कति नोक्सानी भएको छ त्यसको शनिबार अध्ययन गरिनेछ ।