६ कार्तिक २०८३, शुक्रबार

नयाँ दिल्लीस्थित धार्मिक सभामा सहभागी भएर आएका बारा र पर्साका तीन जनामा कोरोना पुष्टि

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बारा र पर्साका तीन जना पुरुषको स्वाव परिक्षणमा टेकुस्थित अस्पतालमा कोरोना पुष्टि भएको हो ।

बाराको जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । तीनै जना नयाँ दिल्लीस्थित तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर नेपाल फर्किएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन् ।