१२ कार्तिक २०८३, बिहिबार

दाङमा एक सय २१ जना क्वारेन्टाइनमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, १७ वैशाख । दाङ जिल्लाका नगरपालिका र गाउँपालिकाहरूले काेराेना सङ्क्रमण राेकथामका लागि बनाएका क्वारेन्टाइनमा अहिले एक सय २१ जना रहेका छन् ।

१० वटा पालिकाले बनाएका दुई सय ८८ बेडको क्वारेन्टाइनमा अहिले एक सय २१ जना रहेकाे स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति कमल चन्दले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाले बनाएको क्वारेन्टाइनमा ४२, शान्तिनगरमा १२, बबईमा १७, घोराहीमा पाँच, बङ्गलाचुलीमा १०, लमहीमा पाँच, राजपुरमा ६, गढवामा ९ र राप्ती गाउँपालिकामा १३ जना रहेका छन् । उनीहरु नेपालका विभिन्न जिल्ला र भारतलगायत अन्य देशबाट आएका हुन् ।

कोरोना सङ्क्रमणको शङ्का लागेमा उपचारका लागि तय गरिएका दुई आईसोलेसन अस्पतालमा १३ जना रहेका छन् । बेलुझुण्डी कोरोना अस्पतालमा चार र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ जना रहेको चन्दले जानकारी दिए ।