३ कार्तिक २०८३, मंगलबार

दुई जना कोरोना संक्रमित थपिएपछि रौतहटका केही स्थान सिल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । थप दुई जनामा कोरोना संक्रमण देखिएपछि रौतहटका केही स्थान सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले संक्रमितको परिवार तथा समुदायमा मास स्क्रिनिङ गर्नुपर्ने अवस्था रहेको जनाउँदै केही क्षेत्र सिल गरेको हो ।

सिल गरिएकोमा बृन्दाबन नगरपालिका वडा नम्वर ९ भुसाहाको दक्षिणमा भिमडावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरी र बरगजवा गाउँ तथा पूर्वमा बिर्ता गाउँभित्रको इलाका रहेका छन् ।

त्यस्तै देवाही गोनाही नगरपालिका वडा नम्वर १ नहरटोल– पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदीको नहर, दक्षिणमा नहर, उत्तरमा खेसरहिया गाउँभित्रको एरियालाई सिल गरिएको छ ।

त्यस क्षेत्रमा आवतजावत पूर्णरुपमा बन्द गरिएको छ ।