
काठमाडौँ, १६ वैशाख । कोरोनाभाइरस महामारीका समयमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका उद्योगी शुलभ अग्रवालको कसूर अदालतले हेर्ने भएको छ ।
थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका उनको केस जिल्ला प्रशासन नभएर अदालतले हेर्ने भएको हो ।
कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ (क), ३ (१) तथा ५ मा उल्लेखित कसूरमा एक वर्ष कैद सजायको व्यवस्था भएकाले यो जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र पर्छ ।
तर, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप डेढी सजाय हुने व्यवस्था भएकाले उनको मुद्दा जिल्ला अन्तर्गत परेको छ ।
कीर्गिस्तानका अवैतानि दूतसमेत रहेका अग्रवालको वुधबार बहस हुने जनाइएको छ ।
टेकू प्रहरी परिसरले अग्रवालविरुद्ध अनुसन्धान सकेर सरकारी वकिलकहाँ रायसहित प्रतिवेदन बुझाएको छ ।
सबै कसूरमा गरेर अग्रवाललाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ । यस्तै उनको साथबाट स्वास्थ्य सामग्री जफत गरेको छ । त्यस्तै, उनलाई १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीले सिफारिस गरेको थियो ।















प्रतिक्रिया