३ कार्तिक २०८३, मंगलबार

कोरोना अस्पतालको चोरी प्रकरणमा अख्तियारले थाल्यो छानबिन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । चितवनको कोरोना अस्पतालको सामाग्री चोरी भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

आयोगको हेटौँडा कार्यालयको टोलीले भरतपुर कोरोना अस्थायी अस्पताल, भरतपुर महानगरपालिकाको आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । अस्पतालबाटा सामान चोरी भएको सीसी टिभीको फुटेज प्राप्त भएपछि आयोगले छानबिन सुरु गरेको हो ।

मिडियामा आएका समाचारलाई उजुरीको रुपमा दर्ता गरी आयोगले सम्बन्धित सबै ठाउँको कागजात संकलन गरी अनुसन्धान अगाडी बढाउने भएको छ ।