३ कार्तिक २०८३, मंगलबार

युरोपेली संघले कोरोनाविरुद्ध लड्न नेपाललाई करिब १० अर्ब सहयोग गर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । युरोपेली संघले नेपाल सरकारलाई ९ अर्ब ८० करोड रूपैयाँ उपलब्ध गराउने भएको छ ।

कोभिड १९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो ।

काठमाडौँस्थित युरोपेली संघ प्रतिनिधिमण्डलका अनुसार कोभिड १९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ ।

संघले यही २२ वैशाखमा कोभिड १९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘अनलाइन’ प्रतिबद्धता सम्मेलन गर्ने जनाएको छ । –रासस