
काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच सचिवालय बैठकको मिति तय गर्ने विषयमा कुराकानी भएको जनाइएको छ ।
केहीबेर अघि सम्पन्न बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएका थिए ।















प्रतिक्रिया