३ कार्तिक २०८३, मंगलबार

कुटपिट गरी हत्या गरेको अभियोगमा पाँचजना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सर्लाही, १६ वैशाख । हरिपुर्वा नगरपालिका ८ बस्तपुर बस्ने ४३ वर्षीया सैदुल खातुनको कुटपिटबाट सोमबार मृत्यु भएको छ । खातुनलाई कुटपिट गरेको अभियोगमा स्थानीय ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बच्चाहरुबीच झैझगडा भएको विषयलाई लिएर स्थानीय ५२ वर्षीय खोधदी अन्सरीसहित सम्पुर्ण परिवारहरुले खातुनलाई कुटपिट गर्दा गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात थप उपचारको लागि जानकी अस्पताल जनकपुरतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।