
काठमाडौँ, १५ वैशाख । लकडाउनका अवधि घरमै बसेका सरकारी कर्मचारीहरुको तलब नकाटिने भएको छ । यस लकडाउनको समयावधिलाई सार्वजनिक विदाको रुपमा राखिने गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयले राजपत्रमा यस्तो सूचना जारी गर्दै चैत ९ गतेदेखि कार्यालय जान नसकेका सरकारी कर्मचारीहरुको अवधि सार्वजनिक बिदाको रुपमा गणना हुने उल्लेख गरेको छ ।
अहिलेको यो अवस्था सार्वजनिक विदाको रुपमा गणना हुने गृहले जनाएको छ ।
गृहमन्त्रालयको यस्तो निर्णयले कर्मचारीहरुले खाइपाइ आएको तलब भत्ता नकाटिने भएको छ । स्वास्थ्य मन्त्रालयका केही कर्मचारीहरु भने अहिले पनि अनवरतरुपमा खटिरहेका छन् ।















प्रतिक्रिया