
काठमाडौँ, १५ वैशाख । सरकारले भाटभटेनी सुपरस्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । तोकिएको मूल्यभन्दा बढी शुल्क लिएको भन्दै ३ लाख जरिवाना गरेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीले उपभोग्य वस्तुको तोकिएको मूल्यभन्दा बढी लिएको पाइएको जनाएको छ । विभागले लकडाउनको समयमा कालोबजारी हुनसक्ने भन्दै बजार अनुगमन जारी राखेको छ ।















प्रतिक्रिया