
काठमाडौं, १४ वैशाख । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भई ‘जनता समाजवादी’ दल दर्ता नगर्न भन्दै राष्ट्रिय युवा संघका नेता र एक जना अधिवक्ताले निर्वाचन आयोगमा आइतबार उजुरी दिएका छन् ।
दुवै दल दर्ताका लागि गरिएको सहमतिपत्रमा ‘बहुराष्ट्रिय’ उल्लेख भएको र झन्डा पनि परराष्ट्र मुल्य र मान्यताविपरित रहेकाले दर्ता गर्नु बाञ्छनीय नहुने भन्दै उजुरी दिइएको हो ।
युवा संघका तर्फबाट अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा बुझाएको उजुरीमा बहुराष्ट्रिय भन्ने विषयले नेपालको संविधानको २६९ (५)को उल्लंघन गरेको तथा राष्ट्र संघको मान्यताअनुसार प्रत्येक मुलुकको सार्वभौमिकता उल्लंघन हुनेगरी झन्डा बुर्किना फासोको प्रयोग गरिएको उल्लेख छ ।
सोही कारण दल दर्ताका लागि गरिएको निवेदन कार्यान्वयन नगर्न उजुरीमा उल्लेख गरिएको छ ।















प्रतिक्रिया