६ कार्तिक २०८३, शुक्रबार

ओलीले १५ दिनभित्र बैठक नबोलाए अर्काे अध्यक्षमार्फत बैठक राख्छाैँः बेदुराम भुसाल

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य बेदुराम भुसालले आगामी १५ दिनभित्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले स्थायी समितिको बैठक नबोलाए गम्भीर अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

नेपाली रेडियाे नेटवर्कमा आइतबार बिहान कुरा गर्दै बैठक नबाेलाए ओलीविरुद्ध कठोर कदम चालिने उनले चेतावनी दिएका छन् । भुसालले पार्टीमा दुई अध्यक्ष रहेकाे भन्दै प्रधानमन्त्री ओलीले बैठक नबोलाउने भए कार्यकारी अध्यक्षले तत्काल बैठक बोलाउनुपर्ने बताए ।

नेता भुसालले पार्टीको विधान अनुसार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले माग भएको १५ दिनभित्र बैठक बोलाउनुपर्ने भन्दै बैठक चाहिँदैन भन्ने अधिकार दुवै अध्यक्षलाई नभएको बताए । पार्टीले बैठक बोलाउ भनेपछि त्यसको जिम्मेवारी पदमा बसेको व्यक्तिले मनपरी गर्न नपाउने भुसालको भनाई छ ।

उनले पार्टीको विधानअनुसार बैठक बोलाउनुपर्ने र नबोलाए अर्को अध्यक्षले तत्काल बोलाउनुपर्ने भन्दै यसैका लागि पार्टीमा एउटा अध्यक्षलाई सरकार चलाउने र अर्को अध्यक्षलाई पार्टी चलाउने जिम्मा दिएको दावी गरे ।

भुसालले स्थायी समितिका प्रायः सदस्यले सरकार र पार्टीका विषयमा छलफल आवस्यक भएर बैठक बोलाउन माग गर्दा नबोलाउने हो भने पार्टीमा दुर्व अध्यक्षको केही काम नहुँने बताए ।

भुसालले भने, ‘प्रधानमन्त्रीले अहिले उठेका विषयहरूको बैठकमा सवै सदस्यहरूलाई स्पस्ट पार्नुपर्छ ।’

‘गल्ती गरेर भाग्ने, जोगिन खोज्ने र पार्टीलाई बर्बाद बनाउने अधिकार उहाँलाई छैन् । बैठकले जे निर्णय गर्छ त्यो प्रधानमन्त्रीले मान्नुपर्छ’, उनले भने, ‘प्रधानमन्त्री हटाउने र मलाई कसरी हटाउने भन्ने कुरा सडकमा हैन बैठकमा हुन्छ ।’

‘प्रधानमन्त्रीले बालुवाटारमा नेता बोलाएर कुरा गर्ने हैन । धुम्बाराहीमा आएर भन्नुपर्यो’, उनले भने, ‘सरकार र उहाँ पार्टीको निर्णय अनुसार चल्नुभएको छैन ।’