६ कार्तिक २०८३, शुक्रबार

दुई अध्यादेश र कोरोनाबारे प्रचण्ड साक्षी राखेर सांसदलाई प्रधानमन्त्री ओलीको ब्रिफिङ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । सरकारले हालै राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत स्वीकृत गराएको दुई अध्यादेश र कोरोना भाइरसविरुद्धको तयारी सम्बन्धमा नेकपाका विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदलाई बालुवाटारमा ब्रिफिङ सुरु गरिएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साक्षी राखेर ब्रिफिङ थालेका हुन् । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुबाट थालिएको ब्रिफिङ विहीबारसम्म सातै प्रदेशका सांसदसँग गरिने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भए पछि राजनीतिक विवाद सुरु भएको छ भने सरकारले कोरोना महामारीमा राहतलगायतका विषयमा मजदुर र श्रमिकलाई भनेजस्तो व्यवस्था गर्न नसकेको भन्दै आलोचना बढीरहेका बेला प्रधानमन्त्रीले सांसदलाई ब्रिफिङ गरेका हुन् ।

अध्यादेशका कारण सत्तारुढ नेकपाभित्र नै मतमतान्तर देखिएको छ । पार्टीमा सल्लाह नै नगरी अध्यादेश जारी भएको भन्दै सरकारको आलोचना र समर्थनमा बहस उठेको छ ।