
काठमाडौं, १ वैशाख । दक्षिण एसीयामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनिरहेको छिमेकी मुलुक भारतबाट नेपालमा आउने नेपाली तथा भारतीय नागरिकबाट मुलुकभित्र खतरा बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।
दिनानु दिन भारतमा संक्रमण बढिरहेको र लक डाउनका समयमा पनि सीमाबाट नेपाल भित्रिने कार्य जारी रहेका कारण यो प्रक्षेपण स्वभाविक देखिएको हो ।
तेस्रो मुलुकसँगको हवाई उडानको काम समयमा नै रोकिएका कारण कोरोनाको संक्रमण स्थलगत मार्गबाट नेपाल भित्रिनेमार्फत नै हुनसक्ने अनुमान गरिएको हो ।
लाखौंको संख्यामा भारतमा नेपाली रोजगारीका लागि पुगेका छन् । लक डाउनका कारण त्यहाँ रोजगारी खोसिएपछि विविध सीमा नाकाबाट मुलुक फर्किनेको संख्या कम छैन । वैधानिक नाकामा कडाई भए पनि सुरक्षा संयन्त्रको पहुँच नभएका कतिपय सीमा क्षेत्रबाट अझै पनि नेपाल भित्रिने क्रम कम नभएका कारण भारतबाट नै नेपालमा संक्रमण फैलने जोखिमको प्रक्षेपण स्वभाविक देखिएको छ।
यसको एउटा प्रमाणचाहिँ हाल पुष्टि भएका १२ जना मध्ये ५ जना भारतबाट नेपाल छिरेका हुन् । तीन जना पर्सामा र अन्य दुई पनि भारतबाट नै नेपाल आएका थिए । यो क्रमलाई रोक्नका लागि सीमा नाकाको पाबन्दी र कडाई मुख्य रहेको, विविध ठाउँमा निगरानी बढाउनुपर्ने सुझाव सरकारलाई स्वभाविक रुपमा दिनुपर्ने कतिपयले बताएका छन् ।
यस्ता सम्भावित व्यक्तिको संख्या अझ कम नरहेका तथ्य पनि छन् । भारतमा भएको मुस्लिमको निजामुद्धिन सम्मेलनमा भाग लिएर आएका तीन जना नेपाली मुस्लिमलाई सुनसरीको होम क्वारेन्टाइनमा सुरक्षा निकायको निगरानीमा राखिएको थियो । यस्तै, सीमा क्षेत्रमा रहेको मस्जिदमा १८ जना भन्दा बढीलाई पनि राखिएको तथ्यलाई साधारण हिसाबले बुझ्न नहुने बताइएको छ ।
भारतमा बस्न र खानको समस्या भएका नेपाली नागरिक तथा नेपाल सुरक्षित रहेको भन्ने सीमावर्ती क्षेत्रमा रहेका भारतीय नागरिक पनि अनेक माध्यमबाट फर्किनु खतरा हुन सक्ने विज्ञहरु बताउँछन् ।















प्रतिक्रिया