६ कार्तिक २०८३, शुक्रबार

काेराेना राेकथाममा सबैले साथ दिँदा पनि यो सरकारले काम गर्न सकेनः राजेन्द्र महतो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता राजेन्द्र महतोले सरकारी कोषमा रहेको रकम भ्रष्टाचारका लागि नसाँचेर गरिव र न्यून आय भएकाहरूलाई बचाउँनका सहायतामा खर्च गर्न सरकारलाई सुझाव दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले लकडाउनका कारण देशभरि धेरै जनतालाई खान बस्नको समस्या भइरहेको बताए ।

उनले सरकारी कोषमा जम्मा भएको रकमलाई मजदुर र अति निम्न वर्गको सहायताका लागि खर्च गर्न सुझाव दिए । उनले राहतका लागि रहेको रकममा भ्रष्टाचार नगर्न आग्रह गरेका छन् ।

खानलाई समस्या भएका जनताप्रति सरकारको ध्यान नगएको भन्दै उनले वितरण भएको राहत पनि लक्षित वर्गमा नपुगेको उल्लेख गरे ।

राजपाका नेता महतोले कोरोना भाइरसको संक्रमण विश्वव्यापी महामारी भएकाले यसबाट बच्नका लागि अहिले राजनीतिक विवादमा लाग्न नहुने बताए ।

उनले अहिले कोरोनाविरुद्धको अभियानमा सबै एक भएका समयमा समेत सरकारले गरेका तयारीहरू सन्तोषजन नदेखिएको बताए ।

संक्रमणको त्रास फैलिरहेको अवस्थामा समेत प्रधानमन्त्री केपी ओली राजनीति विवाद र घोचपेचमै सीमित भएको भन्दै नेता महतोले जनतालाई सुरक्षित राख्न नसक्नेले राजनीतिक विवाद गर्नुको अर्थ नहुँने बताए ।

सरकारले गरेको प्रयासले मात्रै नपुग्ने भन्दै उनले सीमित साधन, स्रोत भएको मुलुकले यसविरुद्धका आवस्यक औषधि र उपकरणको अभाव नेपालमा मात्र नभए पनि पूर्वतयारी गर्न नसक्दा संक्रमण सरेको बताए ।

महतोले सरकारले गरेका कमिकमजोरीको पीडा अहिले जनताले भागीरहेको बताए । ‘सरकारको कमजोरीको दुःख स्वाथ्यकर्मी र जनताले भोगेका छन् । चिकित्सक सुरक्षित छैनन्’, उनले भने, ‘आफू नबाच्ने मान्छेले अरुलाई कसरी बचाउँछ ?’

‘राहत पुर्‍याउन पनि सरकारले सकेन । सबैतिर नालायकिपना देखिएको छ । गरिब जनतालाई मार्ने काम हुँदैछ’, उनले भने, ‘सरकारी कोषमा भएको बजेट भ्रष्टाचारको लागि राखेको हैन । जनता बचाउन खर्च गर्न हो ।’