
काठमाडाैं, २० चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र न्युनिकरणका लागि जापान सरकारले थप ४९ देशका नागरिकलाई प्रतिवन्ध लगाएको छ ।
प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध लगाइएको बताए । प्रतिवन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् ।
राजधानी टोकियोमा बुधवार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेका हुन । जापानमा अहिले सम्म कोरोना बाट संक्रमितको संख्या झन्डै तिन हजार पुगेको छ भने ७८ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया