
काठमाडौँ, १९ चैत । भारतको नयाँदिल्लीका आयोजित मुस्लिम धर्मसभामा सहभागी भएका नेपालीहरु दिल्लीको क्वारेन्टाइनमा राखिएका भनिएकामा सप्तरीमा भेटिएका छन् ।
मार्च १ देखि १५ तारिखसम्म निजामुद्दिनको मरकजमा भएको तबलिगी समुदायको सभामा करिब ८ हजारजना सहभागी भएकोमा नेपाली पनि सयौँ सहभागी भएको अनुमान गरिएको छ । नेपालको परराष्ट्र मन्त्रालयले उनिहरुलाई दिल्लीस्थित क्वारेन्टाइनमा राखेको बताएपनि उनिहरु मध्ये ६ जनालाई सप्तरीबाट नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइएको प्रहरीले जनाएको छ ।
नयाँदिल्लीको निजामुद्दिनस्थित मुस्लिम धर्मसभामा सहभागी भएका नेपालीहरु सबैलाई दिल्लीमै ‘क्वारेन्टाइन’मा राखिएको परराष्ट्र मन्त्रालयको दाबी झुटो ठहर भएको छ । प्रहरीले अन्यको पनि खोजी तिव्र बनाएको छ ।
उक्त सभामा नेपालबाट ठूलो संख्यामा मुस्लिम प्रतिनिधिहरु सहभागी भएको र अधिकांश नेपाल फर्किसकेको आशंका गरिएको छ । दिल्लीमा भेटिएका ९७ संक्रमितमध्ये २२ जना त्यही सभामा सहभागी भएको र तेलंगना राज्यमा कोरानाबाट मर्ने ६ जना पनि सोही सभाबाट फर्केकाहरु भएको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ले जनाएको छ ।











प्रतिक्रिया