८ मंसिर २०८३, मंगलबार

रुघाखोकी र ज्वरो आउनेबित्तिकै कोरोना भयाे भनेर आत्तिनु पर्दैनः डा.पुन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले मौसमी फ्लु र कोरोना भाइरसको लक्षण मिल्ने भएकाले रुघाखोकी र ज्वरो आउने बित्तिकै कोरोना भएको भनेर नआत्तिन अपील गरेका छन् ।

उनले अहिले भाइरल ज्वरो र मौसमी फ्लुको समय भएकाले रुघाखोकी र ज्वरो आउँदैमा आत्तिनु नपर्ने तर, सावधानी भने अपनाउनु पर्ने बताए ।

उनका अनुसार मौसमी फ्लु र कोरोना भाइरसको लक्षण एकै खालको छ । रुघाखोकी लाग्नु, ज्वरो आउनु, बिस्तारै श्वासप्रश्वासमा समस्या हुनु फ्लु र कोरोनाको मिल्ने लक्षण हुन् ।

फ्लु हुँदा घाँटी दुख्ने र कसैकसैलाई पातलो दिसा पनि लाग्ने गर्छ । कोरोना हुँदा फ्लूसँगै लक्षण मिल्ने छाती दुख्ने र धेरै थकाइ लाग्ने समस्या पनि देखा पर्छ ।

विदेशबाट आएका तथा उनीहरूको सम्पर्कमा रहेका व्यक्तिमा यी समस्या देखिए तत्काल उपचार गराउनुपर्छ । घरमै आराम गर्न सकिने डा.पुनले बताए ।