काठमाडाैं, १० चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतकाे वीरेन्द्र नगरपालिका वार्ड न ६, सुर्खेतस्थित आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरी बैंकिंग कारोबार संचालन गरेको छ ।
भवनबाटै कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरू डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेतबाट व्यापार बिस्तारका साथ साथै शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यका साथ प्रादेशिक कार्यालय स्थापना गरिएको छ ।
पूजा पाठ गरी बैंकले सुर्खेत शाखा र कर्णाली प्रदेशको प्रादेशिक कार्यालय संचालनमा ल्याएको हो ।
आफ्नै सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
सुर्खेतलाई केन्द्रविन्दु बनाएर क्रियाशील रहेका गैर सरकारी संस्थाहरूरुको आर्थिक कारोवारलाई सहजीकरण गर्न यस शाखाले विभिन्न योजनाहरू संचालन गर्दै आएकोमा त्यसलाई थप प्रभावकारी र परिस्कृत गर्न विभिन्न आकर्षक योजनाहरू आफ्नै सुविधा सम्पन्न भवनबाट संचालन गर्ने कुरा बैंकले जनाएको छ ।















प्रतिक्रिया