६ कार्तिक २०८३, शुक्रबार

सुन चाँदीको मूल्य बढ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैँयाले बढेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस अघि शुक्रबार बजारमा सुन तोलाको ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७६ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ७२० कायम गरिएको छ । चाँदी तोलाको २० रुपैंया बढेको हो ।