काठमाडाैं, ६ चैत । प्रभु बैंक लिमिटेड र काठमाडाैं महानगरपालिकाबीच जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तीनधारा संस्कृत पाठाशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने सम्झाैता भएकाे छ ।
आइल्याण्डमा मर्मत संहार गर्ने, रेखदेख गर्ने त्यसकाे संचालन तथा शहरी सौन्दर्यकरण कामका लागि सम्झाैता पत्रमा हस्ताक्षर भएको हाे ।
काठमाडाैं महानगरपालिकाका मेयर बिद्याशुन्दर शाक्यको उस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडाैं महानगरपालिकाकाे तर्फबाट सहसचिब राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया